पहिलो एकदिवसीय क्रिकेटमा भारतले जिम्बावेलाई १० विकेटले हरायो

हरारेमा जिम्बावेले दिएको एक सय ९० रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाइ ३० ओभर ५ बलमा पूरा गर्‍यो । भारतका लागि शुभमन गिलले ८२ र शिखर धवनले ८१ रन बनाए । 

नेपालभ्युज

पहिलो एकदिवसीय क्रिकेटमा भारतले जिम्बावेलाई १० विकेटले हरायो

काठमाडौं। जिम्बावेसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १० विकेटले विजयी भएको छ ।

हरारेमा जिम्बावेले दिएको एक सय ९० रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाइ ३० ओभर ५ बलमा पूरा गर्‍यो । भारतका लागि शुभमन गिलले ८२ र शिखर धवनले ८१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ४० ओभर ३ बलमा अलआउट हुँदै एक सय ८९ रन बनायो । जिम्बावेका लागि रेगिस चकाभाले ३५, रिचार्ड एनगराभाले ३४ र ब्राड इभान्सले नटआउट ३३ रन बनाए । बलिङतर्फ भारतका दीपक चाहर प्रधिश कृष्ण र अक्षर पटेलले तीन/तीन विकेट लिए । यस्तै मोहम्मद सिराजले एक विकेट लिए ।

जीत सँगै भारतले जिम्बावेसँगको तीन खेलको शृङ्खलामा एक–शून्यको अग्रता लिएको छ । तीन खेलको एकदिवसीय शृङ्खलाका लागि भारत जिम्बावे भ्रमणमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved