कुमारी बैंकले ल्यायो आकर्षक मुद्दती निक्षेप योजना

नेपालभ्युज

कुमारी बैंकले ल्यायो आकर्षक मुद्दती निक्षेप योजना

काठमाडौं । कुमारी बैंकले १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजनाहरु ल्याएको छ । बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजना ल्याएको हो । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई लक्षित गरेर ल्याइएको बैंकले जनाएको छ ।

निक्षेप योजना अनुसार व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् ।

यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् । यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्नेे हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधकोे स्थितिमा केही सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved