२८ अंकले नेप्से बढ्दा कारोबारमा पनि सुधार

नेपालभ्युज

काठमाडौं । बिहीबार सेयर बजारमा सुधार आएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको छ ।

सोमबार ५५.८८ अंकले वृद्धि भएर मंगलबार २४.८३ अंक र बुधबार ०.३६ अंकको सामान्य गिरावट भएको नेप्सेमा बिहीबार पुन: वृद्धि भएको हो ।

बिहीबार सुरुवातबाटै वृद्धि भएको बजारमा केही उतारचढाव देखिए पनि अन्तिममा लगानीकर्तालाई उत्साह थपेर बन्द भएको हो । नेप्सेसँगै सबै उपसूक बढ्दा वित्त कम्पनी र विकास बैंक उपसूचक ३ प्रतिशत माथि र हाइड्रोपावर उपसूचक २.९८ प्रतिशतले बढेको छ ।

नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि बढेको छ । बुधबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको मा बिहीबार पुनः २ अर्ब नाघेको छ ।

रिडी हाइड्रोपावरको सर्वाधिक १० करोड ४३ लाख ५९ हजारको कारोबार भएको छ । यस्तै अपी पावरको ७ अर्ब ८० करोड २७ लाख र शिवम् सिमेन्टको ६ करोड ३ लाख ९४ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको स्थिर छ । कारोबार भएकामध्ये मंदाकीनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयमूल्य १० प्रतिशतले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved