राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा पल्टिँदा २५ जना घाइते 

सात जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजन गौतमले बताए।

नेपालभ्युज

राप्ती नदीमा विद्यार्थी बोकेको डुंगा पल्टिँदा २५ जना घाइते 
फाइल फाेटाे

दाङ। दाङमा २५ जना विद्यार्थी चढेको डुंगा पल्टिएर दुर्घटना भएको छ। दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन्। सात जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजन गौतमले बताए।

क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले पल्टिएको देखिएको उनले बताए। लमही नगरपालिका–९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका–७मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्यार्थीहरू सवार डुंगा दुर्घटनामा परेको हो।

डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीनजना विद्यार्थीले बढी पानी निलेका कारण  अस्पतालमा  उपचार भइरहेको प्रहरीले बताएको छ।

लमही नगरपालिका-९ तरूलियाका सिक्टा माविमा अध्ययनरत घाइते विद्यार्थीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved