जापानमा युवाहरूले रक्सी सेवन कम गरेको भन्दै सरकारद्धारा मदिरा खाने अभियान सुरु

जापानी युवाहरूले अल्कोहल जन्य पदार्थ निकै कम सेवन गर्ने गरेको भन्दै सरकारले मदिरा अभियान शुरु गरेको छ। युवा पुस्ताहरूले मदिरा जन्य पदार्थको प्रयोग कम गरेपछि मदिरा अभियान शुरु गरेको हो।

नेपालभ्युज

जापानमा युवाहरूले रक्सी सेवन कम गरेको भन्दै सरकारद्धारा मदिरा खाने अभियान सुरु

काठमाडौं। जापानी युवाहरूले अल्कोहल जन्य पदार्थ निकै कम सेवन गर्ने गरेको भन्दै सरकारले मदिरा अभियान शुरु गरेको छ। युवा पुस्ताहरूले मदिरा जन्य पदार्थको प्रयोग कम गरेपछि मदिरा अभियान शुरु गरेको हो।

युवा पुस्ताले आफ्ना आमाबाबुको तुलनामा कम मदिरा पिउने गरेको र यो कदमले (चामल रक्सी) जस्ता पेय पदार्थहरूबाट कर संकलन घटेको भन्दै सरकारले नयाँ मदिरा पिउन प्रेरित गर्ने अभियान शुरु गरेको जनाएको छ।

‘सेक भाइवा!’ अभियानले यस्ता मदिराजन्य पेय पदार्थलाई खपत बढाउने र उद्योगलाई बढवा दिने योजना ल्याउने आशा लिइएको छ। प्रतियोगितामा  २० देखि ३९ वर्षका उमेरका मानिसहरूले आफ्नो बिजनेस आइडिया सेयर गर्न सक्नेछन्।

जापानी कर प्राधिकरणको लागि प्रतिस्पर्धा चलाउने समूहले कोभिड १९ ले आंशिक रुपमा वृद्ध जनसङ्ख्यामा समेत मदिरा बिक्रीमा गिरावट आएको जनाएको छ।
यस अभियानको वेबसाइटले जापानको मदिराको बजार संकुचन भइरहेको र  घट्दो जन्मदर पनि यसको कारक रहेको जनाएको छ।

कर एजेन्सीको तथ्याङ्कअनुसार  मानिसहरूले १९९५ को तुलनामा २०२० मा कम रक्सी पिइरहेका छन् । १०० लिटर (२२ ग्यालिन) प्रति वर्ष बाट ७५ लिटर (१६ ग्यालिन) मा झरेको पनि कर एजेन्सीले जनाएको छ।

मदिरामा लाग्ने करबाट हुने राजस्व पनि घटेको छ। जापान टाइम्स अखबारका अनुसार, सरकारले  १९८० मा कुल राजस्वको ५ प्रतिशत यही मादक पदार्थको बिक्रीबाट उठाउने गरेको थियो।  तर २०२० मा मात्र यो मात्रा १ दशमलव ७ प्रतिशतमा सीमित रहन पुगेको छ।

विश्व बैंकको अनुमान अनुसार जापानको जनसंख्याको लगभग एक तिहाइ (२९ प्रतिशत) ६५ वर्ष माथिका छन्। जुन विश्वका अरु देशको तुलनामा उच्च हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved