विपद् प्राधिकरणले ‘ई–लर्निङ प्लेटफर्म’ सुरु गर्ने

नेपालभ्युज

विपद् प्राधिकरणले ‘ई–लर्निङ प्लेटफर्म’ सुरु गर्ने

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘ई–लर्निङ प्लेटफर्म’ सुरु गर्ने भएको छ । ई–लर्निङ प्लेटफर्ममार्फत विपद्का विषयमा आधारभूत जानकारी उपलब्ध गराइने प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताएका छन् ।

ई-लर्निङ प्लेटफर्ममा हाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र लैंगिक समानता तथा समावेशीकरणसम्बन्धी दुईवटा पाठ्यक्रम समावेश गरिएको छ । विपद् व्यवस्थापनसम्बन्धी पाठ्यक्रमभित्र चारवटा सत्र राखिएका छन् । लैंगिक समानतासम्बन्धी पाठ्यक्रमभित्र तीनवटा सत्र राखिएका छन् ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव डा.भट्टराईले आगामी दिनमा यसलाई थप परिष्कृत गर्दै लैजाने प्राधिकरणको उद्देश्य रहेको बताए । विपद्का विषयमा अध्ययन गर्न र रुचि भएकाहरूका लागि यो प्लेटफर्म उपयोगी हुने प्रवक्ता डा.भट्टराईको भनाइ छ ।

इन्टरनेटको माध्यमबाट सर्वसाधारणसम्म सहज रूपमा पहुँच पुर्‍याउने गरी तयार गरिएको यो प्लेटफर्मले विपद्बारे बुझ्न मद्दत गर्ने प्राधिकरणको विश्वास छ । इलर्निङ प्लेटफर्म प्राधिकरणले योङ इनोभेसन र सम्बन्धित विषय विज्ञहरू वंशीकुमार आचार्य, राजकुमार त्रिखत्री र श्यामसुन्दर ज्ञवालीको सहकार्यमा तयार गरिरहेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved