छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला बिहीबारबाट सुरु

नेपालभ्युज

छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला बिहीबारबाट सुरु

काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला आजबाट सुरु भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा सञ्चालन हुने मेला भदौ ६ गतेसम्म ललितपुरमा सञ्चालन हुनेछ । व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता रहनेछ ।

नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्न मेला आयोजना गरिने भएको हो । महिला उद्यमी महांसघ नेपाल, नेपाल सरकारको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, सानिमा बैंक, ज्योति विकास बैंक, कृषि विकास बैंक, सिप्रदी ट्रेडिङ प्रालिले संयुक्तरूपमा मेला प्रायोजन गरेका छन् ।

मेलामा हस्तकलाका सामानहरू, प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरू, हाते कागजका वस्तुहरू, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरू, कृषिजन्य उत्पादन, पुष्प सामग्री, जडीबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरूका स्टलहरू प्रदर्शनीमा राखिनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved