बामदेव गौतम प्यूठानबाट उठ्ने भएपछि जनमोर्चाको दु:खान्त विसर्जन पक्का: सूर्य थापा

नेपालभ्युज

बामदेव गौतम प्यूठानबाट उठ्ने भएपछि जनमोर्चाको दु:खान्त विसर्जन पक्का: सूर्य थापा

काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले राष्ट्रिय जनमोर्चाको दुखद् विर्सजन हुने पक्का भएको दाबी गरेका छन् । संसदमा एक सिट रहेको जनमोर्चाले दूर्गा पौडेललाई पुन: प्यूठानबाटै उम्मेदवार बनाउन चाहेको छ । तर माओवादीले बामदेव गौतमलाई पनि हसिँया हथौडाबाट चुनाव लड्न सहमति दिएपछि गठबन्धनको तर्फबाट प्यूठानमा बामदेव गौतम नै उम्मेदवार बन्ने सम्भावना छ । यसअघि नेकपा एमाले र नेकपा मओवादी केन्द्रसँगको गठबन्धन हुँदा प्यूठानबाट जनमोर्चाकी पौडेल विजयी भएकी थिइन् ।

यसै प्रसङ्गलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देशभरीबाट सकिँदै गएको जनमोर्चा अब विसर्जनको सङ्घारमा पुगेको बताएका हुन् । थापा आउँदो निर्वाचनमा प्यूठानबाट एमालेकाे उम्मेदवारका प्रमख दाबेदार पनि हुन् ।

थापाले लेखेका छन् –   “दु:खान्त विसर्जन । नेकपा(मसाल) र उसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा अन्ततः २०७९ मंसिर ४को निर्वाचनमा पुग्दानपुग्दै प्युठानमा विसर्जन नै हुनेभएछन्। जति नै कोशिस गरे पनि गठबन्धनको त्यान्द्रो समाएर श्रीमतीलाई उम्मेदवार बनाउदै अस्तित्व रक्षा गर्ने प्रयाशमा जुटेकाे बेला एकाएक प्रचण्डले ‘सिंगारू’ खोजेर आफ्नो चुनाव चिन्ह दिने निर्णय गरेपछि ८८ बर्षीय महामन्त्री मोहनविक्रम सिंहकै सक्रिय नेतृत्वमा मसाल/जनमोर्चाको विसर्जन निश्चित हुनपुगेको स्पष्ट छ। ४८ बर्ष लामो महामन्त्रीकालमा एउटा पार्टीको उत्थान, निरन्तरका गलत नीति, विभाजन र विघटन हुँदै गलत संगत र गठबन्धनका कारण अन्तत: विसर्जनकोनियतिसम्मको यो दु:खान्त यात्रा आफैमा रोचक छ।  कसले हो मंगले, आफ्नै ढंगले! ”

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved