अफगानिस्तानसँगको टी-२० शृङ्खला आयरल्याण्डले जित्यो

नेपालभ्युज

अफगानिस्तानसँगको टी-२० शृङ्खला आयरल्याण्डले जित्यो
जीतपछि आयरल्याण्डको क्रिकेट टोली

काठमाडौं। अफगानिस्तानसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डले जितेको छ । बेलफास्टमा गएराति भएको पाँचौँ तथा निर्णायक खेलमा अफगानिस्तान ७ विकेटले पराजित भयो ।

टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो ।

वर्षाले प्रभावित भएको खेलमा डिएल पद्धतिका आधारमा आयरल्यान्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । उसले ६ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।

जितसँगै ५ खेलको शृङ्खलामा आयरल्यान्ड ३–२ ले विजयी भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved