सामुदायिक विद्यालयको आकर्षण बढाउन विद्यालय मर्ज

नेपालभ्युज

सामुदायिक विद्यालयको आकर्षण बढाउन विद्यालय मर्ज

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सामुदायिक विद्यालयको आकर्षण बढाउनका लागि विद्यालय मर्जको नीति अघि सारेको छ । कम विद्यार्थी भएका विद्यालयहरू मर्ज गरेर सामुदायिक विद्यालयको आकर्षण बढाउन थालेको हो ।

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि शिक्षक र शैक्षिक पूर्वाधार व्यवस्थित गर्न विद्यालय मर्ज गर्न थालिएको नगरपालिकाले जनाएको छ ।
नगर कार्यपालिकाको निर्णयअनुसार पहिलो चरणमा ९ नम्बर वडाको दीपज्योति आधारभूत विद्यालय र सहिद स्मृति नमुना माविलाई मर्ज गरिएको नगरपालिकाले जनाएको छ ।

२०४९ सालमा स्थापना भएको दीपज्योति आधारभूत विद्यालय र २०७४ सालमा खुलेको सहिद स्मृति नमुना माध्यमिक विद्यालय मर्ज गरिएको छ । शैक्षिक गुणस्तर कायम गरी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन विद्यालय मर्जको योजना अघि सारिएको नगर प्रमुख रवि केसीले बताए ।

सामुदायिक विद्यालयमा विद्यार्थी कम भएका विद्यालय पाइक पर्ने गरी मर्ज गरेका छौँ ।’ उनले भने, ‘विद्यालयको शिक्षाको गुणस्तर बढाउन र सामुदायिक विद्यालयलाई पढाइको आकर्षणको केन्द्र बनाउनका लागि विद्यालय मर्जको नीति लिएका छौँ ।’

नगरपालिकाभित्रका अन्य विद्यालय पनि मर्ज गरिने त्यसका लागि अध्ययन भइरहेको नगरप्रमुख केसीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved