प्रचण्डका घरपट्टीको कम्पनीसँग बञ्चरेडाँडा सडक निर्माणको ठेक्का खोसियो

नेपालभ्युज

प्रचण्डका घरपट्टीको कम्पनीसँग बञ्चरेडाँडा सडक निर्माणको ठेक्का खोसियो

काठमाडौ । नुवाकोटको तीनपिप्ले–बञ्चरेडाँडा सडक निर्माणको ठेक्का रद्द भएको छ । उक्त सडक निर्माणको जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरपट्टी समेत रहेका शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीले ८ वर्षअघि लिएको थियो ।

सरकारले यसअघि नै ठेक्का तोड्ने निर्णय गरे पनि अदालतको आदेशका कारण रोकिएको थियो । तर ललितपुर जिल्ला अदालतले मंगलबार गरेको आदेशले ठेक्का रद्द गर्ने निर्णय सदर भएको हो । अदालतको आदेशसँगै सडक विभागलाई १ करोड ५५ लाख जरिवानासहित तीन वर्ष कालोसूचीमा राख्ने बाटो पनि खुलेको छ ।

गत असार ८ गते सडक विभागले शैलुकलाई दिएको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । तर शैलुङ कन्स्ट्रक्सनले दायर गरेको मुद्दामा अदालतले अन्तरिम आदेश दिँदै ठेक्का रद्द गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सडक विभागलाई निर्देशन दिएको थियो ।
मंगलबार जिल्ला अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने निर्णय गरेपछि ठेक्का तोडिएको हो । ८ वर्षअघि ३१ करोड लागतमा २ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का पाए पनि शैलुङले ७ पटकसम्म म्याद थप्दासमेत सडकको काम पुरा गरेको थिएन । यो सडकमा हालसम्म ५० प्रतिशत मात्र प्रगति भएको सडक विभागले जनाएको छ ।

७ औँ पटक थपिएको म्याद गत चैतमा सकिएपछि सडक विभागले ठेक्का सम्झौता तोडेको थियो । यो सडकखण्डको ८ किलोमिटर सडक फोहोर विसर्जनका लागि प्रयोग हुने गरेको छ । सडकको अवस्थाका कारण फोहोर लैजाने गाडीलाई समस्या हुने गरेको छ । अब सडक विभागले नयाँ ठेक्का लगाउने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved