पार्टी छोडेर प्रदेश सभा सदस्यमा उम्मेदवारी दिँदै नेकपा ‘एस’ धनुषाका वरिष्ठ उपाध्यक्ष शर्मा

नेपालभ्युज

पार्टी छोडेर प्रदेश सभा सदस्यमा उम्मेदवारी दिँदै नेकपा ‘एस’ धनुषाका वरिष्ठ उपाध्यक्ष शर्मा

जनकपुरधाम। प्रदेश र प्रतिनिधि सभा चुनावकाे मुखमा नेकपा एकीकृत समाजवादी ( एस) का धनुषा जिल्ला वरिष्ठ उपाध्यक्ष सोमप्रसाद शर्मासहित दर्जनाैँ नेता कार्यकर्ताद्वारा पार्टीको परित्यागकाे घाेषणा गरेका छन्। नेता शर्माले पार्टीबाट राजीनामा दिँदै मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभामा धनुषाकाे क्षेत्र नं ४ ख बाट उम्मेदवारी दिने घाेषणा समेत गरेका छन्।

शर्माले आज बिहान मिथिला नगरपालिकामा पत्रकार सम्मेलनकाे आयोजना गरि पार्टी परित्यागको घोषणा गरेलगत्तै उनीसहित २५ जना जिल्ला कमिटी सदस्यहरू एकै साथ पार्टी परित्यागकाे घाेषणाा गरेका हुन्। शर्माले २५ जिल्ला कमिटी सदस्य र सयौं नगरकमिटी सदस्यहरू सामूहिकरूपमा पार्टी परित्याग गरेकाे जनाए ।

त्यसैगरी, क्रमिक रूपमा बटेश्वर सहितका पालिकाहरुमा समेत पार्टी परित्यागको घोषणा हुने उनले जनाए। शर्माले जुन उद्देश्यले पार्टी गठन भयो त्यस हिसाबले चल्ने नदेखेर साथै अवसरका लागि मात्र पार्टी र पार्टीका नेतृत्व प्रयोग भइरहेको देखेर पार्टीमा भविष्य नहुने भएकाले परित्याग गरेकाे र एमालेमा फर्किने विषयमा पनि सामूहिक सहमति र निर्णयपछि मात्र निष्कर्षमा लाग्ने बताए ।

उनले देश र समाज परिवर्तनकाे लागि युवाहरू राजनीति र नेतृत्वमा आउनुपर्ने आवश्यकता भएको हुँदा र युवाहरूकाे एउटा ठूलाे जमातकाे आग्रहमा आफले प्रदेशकाे लागि उम्मेदवारी दिने निधाे गरेको बताए। उनले भने, ‘अहिले हामीसँग विभिन्न पार्टीहरूले प्रस्ताव गरिरहेकाे भए पनि आस्था, विचार र सिद्धान्त तथा उचित स्थान दिने पार्टीमा मात्र प्रवेश गर्ने छाैँ।’ उनले त्यस्ताे अवस्था आए एक स्वतन्त्र समूह खडा गरेर उम्मेदवारी दिनेसमेत बताए।

चुनावकाे मुखमा नेकपा एसकाे धनुषा जिल्लामा राम्रो पकड भएका तथा सामुदायिक वन उपभोक्ता समूह मधेस प्रदेश अध्यक्षसमेत रहेका नेता शर्मा सहितका टिमले पार्टी परित्याग गर्दा नेकपा (समाजवादी)लाई ठूलाे झड्का लागेकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved