स्याङजाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

नेपालभ्युज

स्याङजाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

काठमाडौं । नेपालमा टीभीएस टु ब्हिलरको एक मात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरूलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्टस्  सहजरूपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।

नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए ।

ग्राहकहरूलाई थप प्रभावकारी र छिटो छरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उहाँको भनाई छ । टिभिएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिईरहेको उनले बताए ।

कार्यक्रम स्याङका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यसक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत, प्रहरी उपरीक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरिक्षक राजेशलाल श्रेष्ठ, पुतलीबजार नगरपालिका वडा नं. ३ र ४ का वडा अध्यक्ष लगायतको अपस्थिति रहेको थियो ।

जगदम्बा मोटर्स प्रालि टीभीएसको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मन माआफूलाई स्थान बनाउन सक्षम भएको छ ।

आज टीभीएस उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्री–पछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पार्टसको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved