हर्क साम्पाङले गरे प्रचण्डलाई सर्दुखोलामा श्रमदान गर्न निम्ता

नेपालभ्युज

हर्क साम्पाङले गरे प्रचण्डलाई सर्दुखोलामा श्रमदान गर्न निम्ता

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई श्रमदान गर्न निम्ता दिएका छन् ।

मंगलबार काठमाडौंमा प्रचण्डसँग भेट्दै गरिएको निम्तामा प्रचण्डले सहमति जनाएको साङपाङले जनाएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज प्रचण्डसँग भेट भयो । मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ ।’ जवाफमा प्रचण्डले सहमति जनाएको उनले लेखेका छन् ।’ उहाँले हुन्छ भन्नुभयो, हेरौं कहिले आउनुहुन्छ,’ मेयर साङपाङले लेखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved