आफ्नो देश आफैँले बनाउने हो, गफ दिएर हुँदैन : अध्यक्ष ओली

नेपाल भ्युज

आफ्नो देश आफैँले बनाउने हो, गफ दिएर हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताएका  छन्  ।

अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उनले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताए  ।

‘कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफैंले बनाएर बनेको छ’, उनले भने,’हामी पनि हाम्रो देश बनाउन आफैँ लाग्नुपर्छ । हामीले अनावश्यक गफ दिएर हुँदैन ।’

उनले चीनजस्तो ठूलो देश पनि तीन चार दशक अगाडि गरिब रहेको र आफ्नै मिहिनेतले अहिले समृद्ध बनेको बताए। ‘चीन तीन/चार दशक अगाडि गरिब थियो । तीन/चार दशकमा ठूलो जनसङ्ख्यालाई कसरी खुवाउन सक्छ भन्ने थियो’, उनले भने, ‘आफ्नै खुट्टामा उभिएर चीन बनेको हो । चीनजस्तो ठूलो देश बनाउन सकिन्छ भने हाम्रोजस्तो सानो देशलाई चिटिक्क र समृद्ध बनाउन हामी पनि सक्छौँ ।’

पूर्वप्रधानमन्त्री ओलीले महिला आन्दोलन, महिला सशक्तीकरण, महिला जागरणलाई गलत बाटोतिर जान दिनु नहुने भनाइ राखे । समाजलाई सभ्य सुसंस्कृतिको बाटोमा लैजान महिला आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेपाली महिलाहरू इतिहासमा अग्रगामी स्थानमा भए पनि तीन/चार सय वर्षयता महिलालाई पछि पार्न थालिएको बताए । उनले राजनीतिमा महिलाको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved