प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुगे देउवा

नेपालभ्युज

प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिलाई भेटेका छन्।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत  नेता गिरिको स्वास्थ्य अवस्था बुझ्न मंगलबार देउवा अस्पताल पुगेका हुन् ।

गिरिलाई भेटेर प्रधानमन्त्री देउवाले स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विगत लामो समयदेखि  गिरिको घाँटीको क्यान्सरको उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved