विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

नेपालभ्युज

विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

रियाद । मङ्गलबार साउदीको राजधानी रियादको थुमामाह विमानस्थलमा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ ।

विमानस्थलबाट उडान भरेको केही समयपछि मङ्गलबार बिहान हलुका विमान दुर्घटनाग्रस्त भएको एभिएसन इन्भेस्टिगेशन ब्युरोले ट्वीट गरेको छ । साउदी विमानमा तालिमरत एकजना चालक मात्र सवार थिए।

विमानको भग्नावशेष विमानस्थलबाट ५ किलोमिटर टाढा फेला परेको थियो । दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved