माओवादी केन्द्र र नेसपाले गराए संयुक्तरूपमा दल दर्ता

नेपालभ्युज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले संयुक्तरुपमा दल दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनार्थ मंगलबार निर्वाचन आयोग पुगेर संयुक्तरूपमा दल दर्ता गरेका हुन् ।

दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लड्ने सहमति भएको थियो । मंगलबार पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा‍‍. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हमा चुनावमा प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको थियो ।

भट्टराई र दाहालले आगामी संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर प्रतिष्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेसँगै दल दर्ताका लागि आज दिउँसो नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका कर्मचारीहरु निर्वाचन आयोगमा पुगेका थिए ।

आगामी निर्वाचनका लागि मुख्य दलले दर्ता गराइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved