पेरिसडाँडा पुगेर बाबुरामले भने- हामी पनि सत्ता गठबन्धनकै अंग हौँ

नेपालभ्युज

पेरिसडाँडा पुगेर बाबुरामले भने- हामी पनि सत्ता गठबन्धनकै अंग हौँ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरू सत्तारुढ गठबन्धनको अंग भएको बताएका छन् । मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै भट्टराईले आफूहरु सत्तारुढ गठबन्धन बाहिर नरहेको बताए ।

‘तत्काल त चुनावी प्रयोजनका निम्ति मात्रै हो । तर हाम्रो लक्ष्य नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्न हामी सबैले एक्लाएक्लै भन्दा मिलेर नयाँ ढंले नयाँ आधारमा एकतावद्ध भएर जानु मुलुकको ऐतिहासिक आवश्यकता हो । त्यो दिशातिर हामी जान्छौं ।’

भट्टराईले अग्रगामी परिवर्तनका बाँकी काम पूरा गर्न एक्लाएक्लै भन्दा मिलेर अगाडि बढ्ने सहमति अनुसार माओवादी केन्द्रसँग एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न लागेको बताए ।

नेसपा पनि गठबन्धनभित्रै भएकोले गठबन्धनले बनाउने मापदण्डअनुसार नै तालमेल गरेर अगाडि बढ्ने बताउँदै उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्नेगरी निर्वाचन आयोगमा आवेदन दिएको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved