प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले पनि गर्‍यो दल दर्ता 

नेपालभ्युज

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले पनि गर्‍यो दल दर्ता 

काठमाडौं। नेपाली कांग्रेसले मंगलबार दल दर्ता गरेको छ । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन परियोजनका लागि कांग्रेसका उपसभापति धनराज गुरुङ र मुख्यसचिव कृष्णप्रसाद पौडेल दल दर्ताका लागि मंगलबार अपरान्ह निर्वाचन आयोगको कार्यालय पुगेर दर्ता  गरेका थिए ।

सहयोगीका रूपमा कांग्रेस केन्द्रीय कार्यालयका सचिवद्वय प्रकाश शर्मा र केशव रिजाल पनि निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगले आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंगलबारसम्म तोकेको थियो । कांग्रेसले अन्तिममा मंगलबार दल दर्ता गरेको हो ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता नहुँदा कांग्रेसले ढिलो गरी दल दर्ता गरेको हो । सभापति शेरबहादुर देउवाले मंगलबार १० जना महिलालाई केन्द्रीय सदस्य मनोनित गरेपछि दल दर्ता गर्न कांग्रेसलाई सहज भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved