भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपाल भ्युज

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगम स्रोतले बताएको छ । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको बताइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमको घाटा भने झनै चुलिने भएको छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेल र एलपीजी ग्यासको बिक्रीमा घाटा छ । यसअनुसार निगमले मासिक ६५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने बताइएको छ ।

यस्तै, नेपाल सरकारले टेकुको जग्गा धितो राखेर दिएको ऋणको किस्तासमेत बुझाउनुपर्दा निगमको मासिक घाटा ७५ करोड रुपैयाँ पुग्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved