विद्युत प्राधिकरणले राख्यो २७१ सेवाग्राही कालोसूचीमा

नेपालभ्युज

विद्युत प्राधिकरणले राख्यो २७१ सेवाग्राही कालोसूचीमा

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो । उनीहरुबाट रु ७९ लाख ३९ हजार ६९० बक्यौता उठाउन बाँकी छ । केन्द्रका सूचना अधिकारी अच्युतराज विष्टका अनुसार छ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ ।

कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उनले जानकारी दिए । कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३५० सेवाग्राही रहेका र तिनबाट वार्षिक रु १८ करोड ८९ लाख १० हजार ८१५ युनिट विद्युत् खपत हुँदा वार्षिक रु एक अर्ब ९४ करोड ८१ लाख ८३ हजार महसुल उठेको छ ।

गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने एक हजार ७४६ सेवाग्राहीको लाइन काटिएको थियो । उनीहरुमध्ये एक हजार ५४५सेवाग्राहीको लाइन पुनः जडान गरिएको र सय एक सेवाग्राही सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो । लाइन काटिएका सेवाग्राहीबाट रु चार करोड ४३ लाख ६० हजार महसुल असुली गरिएको कार्यालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved