धेरै ठाउँमा विहानैदेखि चर्को घाम, भोली केहि ठाउँमा ठूलो पानी पर्ने

देशका धेरैजसो ठाउँमा विहानैदेखि चर्को घाम लागेको छ । हिजो सोमबार पनि दिनभर चर्को घाम लागेको थियो  ।

नेपालभ्युज

धेरै ठाउँमा विहानैदेखि चर्को घाम, भोली केहि ठाउँमा ठूलो पानी पर्ने
फाइल तश्वीर

काठमाडौं। देशका धेरैजसो ठाउँमा विहानैदेखि चर्को घाम लागेको छ । हिजो सोमबार पनि दिनभर चर्को घाम लागेको थियो  । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी प्रणाली कमजोर भएकाले आज ठूलो पानी पर्ने सम्भावना छैन ।

आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलिदेखि भने फेरि मनसुनी गतिविधि बिस्तारै सक्रिय हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि दिउँसो प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै, भोलि राति गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved