फिफाले भारतलाई प्रतिबन्ध लगायो, बाहिरी शक्ति हाबी भएको निष्कर्ष

एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।

नेपालभ्युज

फिफाले भारतलाई प्रतिबन्ध लगायो, बाहिरी शक्ति हाबी भएको निष्कर्ष

काठमाडौं।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ । एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो । फिफाको प्रतिवन्धसँगै अब भारतले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैन । यस्तै भारतीय खेलाडीले विदेशमा खेल्न पनि पाउने छैनन् ।

फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ । प्रतिबन्धमा परेसँगै भारतमा आगामी अक्टोबरमा तय भएको १७  वर्षमुनिको महिला विश्वकप पनि सर्ने भएको छ ‌‌।

फिफाले पछिल्लो समय भारतको एफएलाई सहमति भएको रोडम्यापबाट ‘विचलित’ भएमा प्रतिबन्धको चेतावनी दिदै आएको थियो ।  तर, भारतको एफएमा पटक पटक विधान विपरित कार्य हुँदै आएको थियो । गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफलाई विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved