लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालभ्युज

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

भादगाउँ । लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएर फरार भएकी एक महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठ रहेकी छिन् । श्रेष्ठलाई लागुऔषध गाँजा मुद्दामा भक्तपुर जिल्ला अदालतले गत वैशाख ४ गते एक वर्ष एक महिना कैद र रु छ हजार जरिवानाको फैसला गरेको थियो । फैसला लगत्तै श्रेष्ठ फरार भएकी थिइन् ।

पक्राउ लगत्तै प्रहरीले श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेस गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँ पठाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved