म्यानमारकी नेतृ सुचीलाई थप ६ वर्षको जेल सजाय

नेपालभ्युज

म्यानमारकी नेतृ सुचीलाई थप ६ वर्षको जेल सजाय

काठमाडौँ । म्यानमारकी नेतृ आङ सान सुचीलाई  जुन्ता सरकारले थप ६ वर्षको जेल सजाय तोकेको छ ।

भ्रष्टाचार आरोपमा अदालतबाट  दोषी ठहर भए सँगै अब सुचीको जेल सजायको अवधि १७ वर्ष पुगेको बताइएको छ  ।

म्यानमामा २०२१  मा सेनाले सत्ता कब्जा गरेपछि नजरबन्दमा रहेकी  उनलाई यसअघि नै विभिन्न मुद्दामा ११ वर्षको कैद सजाय सुनाइएको थियो ।

७७ वर्षीया नेता सुचीमाथि अदालतले सेनाविरुद्ध हिंसा भड्काएको,  कोरोना विरुद्धको नियम उल्लंघन गरेको, देशद्रोह, भ्रष्टाचारसहितका मुद्दामा दोषी ठहर गरिएको हो  ।

म्यानमारमा २०२० को आम निर्वाचनमा सुचीको पार्टी ‘नेसनल लिग फर डेमोक्रेटिक’ ले वहुमत प्राप्त गरी सरकार बनाए पनि २०२१ मा फेरि सेनाले सत्ता कब्जा गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved