सर्वोच्चले माग्यो भुवन केसीको नियुक्तिको कारणसहित लिखित जवाफ

नेपालभ्युज

सर्वोच्चले माग्यो भुवन केसीको नियुक्तिको कारणसहित लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण सरकारसँग माग गरेको छ ।

सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग लिखित जवाफ माग गरेको हो ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले गत शुक्रबार रिट दिएका थिए । उनीहरूले केसीलाई अध्यक्ष पदमा रही कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश पनि माग गरेका थिए ।

तर, सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलका लागि भदौ २ गते बिहीबार दुवै पक्षलाई बोलाएको रिट निवेदकतर्फबाट बहस गरेका कानुन व्यवसायी अधिवक्ता सूर्यबहादुर पाण्डेले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved