आर्सियको बालकोसेली ‘मिठी पापा’ सार्वजनिक

नेपालभ्युज

आर्सियको बालकोसेली ‘मिठी पापा’ सार्वजनिक

काठमाडौं । बालगायिका आर्सिय साहले नयाँ बाल गीत ‘मिठी पापा’ सार्वजनिक गरेकी छिन् । बालगायिका आर्सियको निकै सुमधुर स्वर रहेको उक्त गीत लघु फिल्म ‘आराध्या’ मा समावेश गरिएको  छ।

विशाल निरौलाको संगीत तथा एरेन्जमा तयार पारिएको यस गीतमा जीवन भण्डारीको शब्द रहेको छ । आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी लगायतका कलाकारको अभिनय रहेको फिल्मको ‘मिठी पापा’ शीर्ष गीत हो ।

रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार सर्ट फिल्म भने केही दिनमा सार्वजनिक गर्ने निर्माण टिमले बताएका छन् । केही हप्ताअघि मात्रै टिजर सार्वजनिक गरिएको यस फिल्मप्रति दर्शकको चासो बढ्दै गएको छ ।

https://youtu.be/J7C4OwzqsVM


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved