भुवन केसीविरुद्धमा परेको रिटको सुनुवाइ आज हुँदै

नेपालभ्युज

भुवन केसीविरुद्धमा परेको रिटको सुनुवाइ आज हुँदै

काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुँदै छ । केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको यो मुद्दामा सोमबार प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दायर गरेका थिए ।

फिल्म निर्देशकहरु पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनीष पण्डित र निर्मलराज ढकालले रिट दायर गरेका थिए । केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved