केन चम्किएपछि टोटेनहम र चेल्सीको खेल रोमाञ्चक बराबरीमा सकियो

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको अन्तिम मिनेट सम्हालिन नसक्दा चेल्सी २-२ गोलको बराबरीमा रोकिन बाध्य भयो । टोटनहमका ह्यारी केनले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए ।

नेपालभ्युज

केन चम्किएपछि टोटेनहम र चेल्सीको खेल रोमाञ्चक बराबरीमा सकियो

काठमाडौं।   इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राती भएको चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको अन्तिम मिनेट सम्हालिन नसक्दा चेल्सी २-२ गोलको बराबरीमा रोकिन बाध्य भयो । टोटनहमका ह्यारी केनले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए ।

खेलको १९ औं मिनेटमा कुलीबालीले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा होजवर्गले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । ७७ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए । इन्जुरी समयमा केनले गोल गर्दै टोटेनहमलाई २-२ को बराबरी ल्याउदै टोलीलाई हारबाट जोगाए ।

खेल सकिएपछि हात मिलाउने क्रममा झगडा गरेपछि प्रशिक्षकहरु थोमस टुचेल र एन्टोनियो कोन्टेले रातो कार्ड पाएका छन् । बराबरीसँगै चेल्सी २ खेलमा ४ अंक सहित सातौँ स्थानमा छ भने ४ अंक नै रहेको टोटेनहम चौंथो स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved