संघविरुद्ध मधेस सरकारको आन्दोलन, मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश प्रमुखको कार्यालय बाहिर धर्ना

संघविरुद्ध मधेस सरकारको आन्दोलन, मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश प्रमुखको कार्यालय बाहिर धर्ना

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री र सांसदले संघीय सरकारविरुद्ध धर्ना दिएका छन् ।

प्रदेश प्रहरी समायोजनको माग गर्दै आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय अगाडि उनीहरुले धर्ना सुरु गरेका हुन् । संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्व चलिरहेको छ ।  हरेक दिन दुई घण्टा एक सातासम्म धर्ना कार्यक्रम  चल्ने बताईएको छ । पहिलो दिन आइतबार पौने १२ बजेदेखि धर्ना दिइएको थियो ।

धर्नाका क्रममा प्रतिक्रिया दिदै मुख्यमन्त्री राउतले २०७६ माघ २८ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको प्रहरी समायोजन ऐन कार्यान्वयनमा ढिलाइ हुँदा आशंका जन्मिएको बताए । उनले संघ सरकारलाई दबाब दिन ४ वर्षअघि नै प्रहरी ऐन बनाए पनि कुनै उपलब्धि नभएको गुनासो गरे ।

भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादव, गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साह, खानेपानि तथा उर्जामन्त्री ओमप्रकास शर्मा, कानुनमन्त्री प्रमोद यादव, गृह तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, जसपा प्रमुख सचेतक शैलेन्द्र यादव, प्रदेश सभा सदस्य चमेली देवी दास, प्रमिला दास, सरस्वती चौधरी लगायत धर्नामा बसेका छन् ।

यसअघि साउन २२ मा मधेस सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम बुझाएको थियो । माग सम्बोधन नभएपछि धर्ना थालिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved