नियात्रा

म्युजियम सम्झेर चर्चभित्र पस्दा

मौसम परिवर्तन भइसकेको थियो। घाम हराएर सिमसिम पानी पर्न थालिसकेको थियो। युरोपमा मौसम छिटोछिटो परिवर्तन हुन्छ भनेको अनुभव गर्न पाइरहेका छाैँ। यो सहर घुम्नका लागि सबैभन्दा उपयुक्त माध्यम नौका शयर रहेछ। शहर वरिपरिको नदीमा एक घण्टाको यात्रा गरेपछि नगर परिक्रमा हुनेरहेछ।

म्युजियम सम्झेर चर्चभित्र पस्दा

एमस्टरडमबाट फर्किएपछि मात्र ध्रुव सापकोटाजी त्यहीँ हुनुहुँदो रहेछ भन्ने थाहा भयो। बेल्जियम पुगेको थाहा पाउनासाथ उहाँले त्यहाँको भ्रमणका लागि निम्ता गर्नुभएको थियो। हामी समूहमा भए पनि सरुभक्त दाइ र मेरो लागि विशेष अनुरोध गर्नुभएको थियो। तर जाने व्यवस्था मिलाउन सकिरहेका थिएनौँ।

नेपालबाट आएका अरू साथीहरू एमस्टरडम पुगेर फर्किसक्नुभएको थियो। बाँकी हामी दुईजना मात्र थियौँ। त्यही भएर अनेसास, बेल्जियमका अध्यक्ष दीपेन्द्र केसीजीले हामी दुई जनालाई घुमाउन लैजानुभएको थियो।

ध्रुवजीले नेपाल जाने भन्नुभएको दिनलाई मैले एक दिनअघि नै ठानेछु। त्यही भएर एक दिनअघि त्यही शहरमा पुग्दा पनि उहाँलाई फोन गरिनँ मैले।

बेल्जियमको लुभेनमा बस्थ्यौँ हामी, दीपेन्द्रजीको घरमा। बिहान जति चाँडो जान सकियो त्यति बढी घुम्न पाइन्छ भन्ने लोभ थियो हामीलाई। त्यसैले सडक सुनसान भइरहेकै बिहान निस्केका थियौँ। अगस्टको महिना थियो सन् पन्ध्रको। दीपेन्द्रजीले आफ्नो कार घरभन्दा केही परको सडकमा पार्क गर्नुहुन्थ्यो। कार चढ्नका लागि घरबाट पाँच मिनेट जति हिँड्नुपर्थ्यो।

अर्को एकजना मित्र पनि हुनुहुँदोरहेछ एमस्टरडम जाने, उतैबाट आउनुभएका। उहाँ एनआरएनको चुनावमा आफ्नो पक्षलाई जिताउन आउनुभएको रहेछ। उहाँ बस्नुभएको ठाउँमा गएर केहीबेर कुर्छौँ। त्यसपछि हाम्रो यात्रा प्रारम्भ हुन्छ। एमस्टरडम जाने बाटोको बारेमा राम्रै ज्ञान रहेछ उहाँलाई। गीत–सङ्गीतप्रति विशेष अनुराग पनि रहेछ उहाँको। दीपेन्द्रजी र उहाँ कुरा गरिरहनुभएको छ। हामी उत्साहले रमाइरहेका छौंँ। ठुलो बाटो, राम्रो बाटो, एकतर्फी बाटो र अनुशासित हकाइको कारण तीव्र गतिमा पनि ढुक्क छौँ। कारको गति जति बढे पनि कुनै खतराको महसुस हुँदैन।

 

कारको झ्यालबाट देखिँदै र फेरिँदै गरेका दृश्यहरूसँगै बिहानको घाम बढ्दै गइरहेको थियो। अचानक दीपेन्द्रजीले कार रोक्नुभयो ब्रेकफास्टका लागि। हामी भोकाइसकेका भने थिएनौँ। तर पनि यात्रामा पछि खाउँला, पछि गरौँला भन्दा धोका पाइन्छ। त्यसैले यात्रामा जतिखेर जे भेटिन्छ त्यसलाई अवसर ठानेर छोड्नु हुँदैन भन्ने लाग्छ मलाई।

युरोपका रेस्टुरेन्टमा छिर्नासाथ सबैभन्दा पहिले निःशुल्क शौचालयको प्रयोग गर्ने प्रचलनजस्तै छ। सामान्यतया जहाँ पायो त्यहाँ शौचालय हुँदैन। भएका ठाउँमा पनि महङ्गोे शुल्क तिर्नुपर्ने हुन्छ। यसअघिका रेष्टुरेन्टका शौचालयमा शुल्क तिर्न परेको थिएन तर यहाँ भने पचास सेन्ट नखसाली स्टिलको डण्डीको बार खुल्दै नखुल्दो रहेछ। धन्य बगलीमा रहेछन् खुद्रा पैसा।

दीपेन्द्रजीले खानेकुरा अर्डर गर्नुभएपछि हामी एउटा खाली टेबुलको वरिपरि बस्छौँ। अर्डर स्लिपसँगै उहाँले एउटा मोबाइलजस्तै सेट पनि ल्याएर टेबलमा राख्नुभएको थियो। किन यस्तो मोबाइल ल्याउनुभएको होला भन्ने लागिरहेको थियो। तर पनि सोध्न मन लागेन। कतै रेस्टुरेन्टमा आएबापतको उपहार पो हो कि ! जे भए पनि पछि थाहा भइहाल्ला नि ! हामी कुराकानीमा नै लाग्छौँ। मेरो ध्यान भने त्यही मोबाइल सेटमा नै केन्द्रित भइरहेको थियो। केही समयपछि त्यो सेटमा एकनासले टी टी टी को मधुरो आवाज आउनथाल्यो र त्यसमा टेबुल नम्बर पनि देखियो। हाम्रो अर्डर तयार भयो भन्दै दीपेन्द्रजी उठेर किचेन काउन्टरतिर जानुभयो। अर्डरको खाना तयार भएको जानकारी गराउने प्रविधि पनि रमाइलो लाग्यो मलाई।

युरोपका रेस्टुरेन्टमा छिर्नासाथ सबैभन्दा पहिले निःशुल्क शौचालयको प्रयोग गर्ने प्रचलनजस्तै छ। सामान्यतया जहाँ पायो त्यहाँ शौचालय हुँदैन। भएका ठाउँमा पनि महङ्गोे शुल्क तिर्नुपर्ने हुन्छ। यसअघिका रेष्टुरेन्टका शौचालयमा शुल्क तिर्न परेको थिएन तर यहाँ भने पचास सेन्ट नखसाली स्टिलको डण्डीको बार खुल्दै नखुल्दो रहेछ। धन्य बगलीमा रहेछन् खुद्रा पैसा।

भरिएको पेटसँगै हाम्रो कार अगाडि बढिसकेको थियो। एमस्टरडमको सन्दर्भ आउनासाथ सरुभक्त दाइ स्कुल पढ्दाको संस्मरण गर्नुहुन्थ्याे । उहाँ भन्नुहुन्थ्यो– “हल्याण्ड त्यस्तो देश हो जुन समुद्रको सतहभन्दा मुनि पर्दछ। पानीभन्दा मुनि चराहरू उड्ने देश भनेर हामीलाई बुझाइन्थ्यो।”

समुद्रभन्दा मुनिको सहर हेर्न निकै हतारिरहेको थिएँ म। समुद्रमा बाँध बाँधेको कुरा सुनेपछि झन् हतारो भएको थियो मलाई। एमस्टरडमको ड्याम प्रसिद्ध पर्यटकीय स्थल नै रहेछ यहाँको।

झलमल्ल घाम लागेकोले दिन उज्यालो बनेको छ। सहरको मध्यभागबाट बगेको नदीको किनारामा कार पार्किङ गरेपछि हामी सडकमा निस्कन्छौँ। सडकमा कतै कार, कतै बस र कतै ट्राम गुडिरहेका छन्। सडकपेटी ढुङ्गाको ब्लक छापिएको ठूलो छ। सडकपेटीमा साइकल चलाउनेहरूको घुइँचो नै छ। सडकको एकछेउमा लहरै साइकल पार्किङ गरिएका छन्। कुनैकुनै साइकलमा घाम, पानी र हिउँबाट बच्नका लागि प्लास्टिकको बर्सादी राखिएका छन्। साइकल चलाउनेहरू अधिकांश युवा देखिन्छन्।

नदीको किनारमा कार पार्किङ गर्नुभयो दीपेन्द्रजीले। नजिकै नदीमाथि पुल देखिएको छ। पुलपारि देखिने एउटा ठुलो होर्डिङ बोर्डमा लेखिएको प्रस्ट देखिन्छ।
Like all great traveller, I have seen more than I remember and remember more than I have seen.

हो पनि। यात्रामा सम्झिएकाभन्दा बढी देखिएका हुन्छन् र देखिएकाभन्दा बढी सम्झिएका हुन्छन्। बोर्डमा लेखिएजस्तै होस् आजको यात्रा। मनमनै कामना गर्छु म।

 

हामीसँग आउनुभएका मित्रलाई काममा जान हतारो भइसकेको थियो। हामीलाई केही घुम्ने ठाउँको बारेमा बताएर उहाँ नजिकै भएको कामको ठाममा जानुभयो। हामी तीनजना हुन्छौँ अब र शुरु गर्छौंँ पैदलयात्रा। सडकपेटी नजिकै भएको एउटा ढोकाबाट विद्यार्थीहरू निस्कन थाल्छन्। सायद स्कुल छुट्टी  भएको समय हो यो। पेटीमा असनको जस्तै भीड हुनथाल्छ। बिस्तारै अगाडि बढ्छौंँ हामी। प्रायः विद्यार्थीले सडकछेउमा पार्किङ गरेका आआफ्ना साइकलमा लगाएका सिक्रीका ताल्चा खोल्दै चढेर जान्छन्। धनी होस् वा गरिब यहाँ साइकल चढ्ने त फेशनजस्तै पो रहेछ।

हिँड्दै हामी म्युजियम नजिकैको पार्कमा पुग्छाैँ । यहाँ म्युजिक कन्सर्ट गर्नका लागि मञ्च बनाउने काम भइरहेको छ। मन्चछेउमा एउटा बनाइएको पोखरी छ। पोखरीछेउ हरियो चउर छ। चउर वरपर कुर्सीहरू राखिएका छन्। कुर्सी कुनै खाली छैनन्। हरियो चउरमा कोही बसिरहेका छन्। कोही गफ गरिरहेका छन्। कोही खानेकुरा खाइरहेका छन् र कोही मस्तसँग निदाइरहेका छन्। युवा, बाल र बृद्ध सबैजस्ता बराबरका सङ्ख्यामा छन्।

यहाँ कलाका दुई विश्व प्रसिद्ध म्युजियम छन्, स्टेडिल्जिक र भ्यानगग। भ्यानगग म्युजियमभित्र प्रवेश गर्नेहरूको लाइन बाहिरसम्म भइसकेको छ। लाइनमा बसेर भित्र जानका लागि हामीलाई समयले साथ दिँदैन।

एमस्टरडमसंँगै आम्स्टेल नदीमा बाँधिएको ठूलो ड्याम छ। आम्स्टेल  र ड्याम मिलाएर यस सहरको नाम एमस्टरडम राखिएको रहेछ। त्यही हेर्न उत्साहित थिएँ म। कसरी बनाएको होला भन्ने जिज्ञासा बढिरहेको थियो। 

दीपेन्द्रजीको मोबाइलमा घण्टी बज्छ। फोन स्वस्तिकाजीको श्रीमान्ले गर्नुभएको थियो। स्वस्तिकाजीले सरुभक्त दाइको कृतिमा शोध गर्नुभएकोले उहाँसँग भेट गर्न खोज्नुभएको रहेछ।  यहाँ आउने पक्का भएपछि सरुभक्त दाइले उहाँलाई जानकारी गराउनुभएको थियो। अहिले उहाँ काममा हुनुभएकोले उहाँको श्रीमान्ले घुमाइदिनका लागि फोन गर्नुभएको रहेछ। भेट हुनासाथ हामीले जान चाहेको ड्यामसा इडको कुरा गर्छाैँ।

मौसम परिवर्तन भइसकेको थियो। घाम हराएर सिमसिम पानी पर्न थालिसकेको थियो। युरोपमा मौसम छिटोछिटो परिवर्तन हुन्छ भनेको अनुभव गर्न पाइरहेका छाैँ । यो सहर घुम्नका लागि सबैभन्दा उपयुक्त माध्यम नौका शयर रहेछ। शहर वरिपरिको नदीमा एक घण्टाको यात्रा गरेपछि नगर परिक्रमा हुनेरहेछ। नौकामा चढेर सहर परिक्रमा गर्ने साधनको सुविधा अन्यत्र छ छैन थाहा छैन। यो अनौठो र रोमाञ्चक यात्रा हो एमस्टरडम। त्यही भएर छाना नभएको मोटरबोटमा बर्सादी ओढेर पनि जलयात्रा गरिरहेका छन् पर्यटकहरू। हामी भने पानी छेकेर पानीमा यात्रा गर्न रहर गर्दैनौँ ।

एमस्टरडमसंँगै आम्स्टेल नदीमा बाँधिएको ठूलो ड्याम छ। आम्स्टेल  र ड्याम मिलाएर यस सहरको नाम एमस्टरडम राखिएको रहेछ। त्यही हेर्न उत्साहित थिएँ म। कसरी बनाएको होला भन्ने जिज्ञासा बढिरहेको थियो।

“ड्याम यही हो।”

हामी अचम्मित हुन्छौँ। कतै हामीसँग ठट्टा पो गर्नुभएको हो कि भनेर म गुरुङजीको अनुहारमा हेर्छु। सरुभक्त दाइ पनि जिज्ञासापूर्वक उहाँलाई हेर्दै हुनुहुन्थ्यो। एउटा दरबार स्क्वायरजस्तो ठाउँमा पुर्‍याएपछि ड्याम यही ठाउँलाई भन्छन् भन्नुभएको थियो उहाँले। हामीचाहिँ ड्याम भनेपछि समुद्रको किनारमा नै बाँधेको बाँध होला भन्ने ठानेका थियौँ। तर यो त दरबारचोक पो रहेछ। चोकको बिचमा एउटा अग्लो कलात्मक मूर्ति स्तम्भ छ। यहीँ नै पर्यटकहरू घुइँचो लाग्दा रहेछन्। एक प्रकारको अनुमान गरिएको भन्दा पुरै फरक भएकोले गर्दा मलाई यो ठाउँले  कुनै प्रभाव पार्न सक्दैन। खुसी पनि लाग्दैन। हुन त यो ठाउँको ठूलै ऐतिहासिक मूल्य भएकैले हुनसक्छ यति धेरै महत्त्व दिइएको पनि।

 

मूूलसडकमा गाडीहरू हतारले दौडिरहेकाजस्ता छन्। फुटपाथमा हिंँड्नेहरुको भीड पनि त्यस्तै छ। हामी फुटपाथमा गफ गर्दै हिँडिरहेका थियौँ। अकस्मात् एउटी महिला मेरै अगाडि आएर डङ्गरङ्ग पछारिइन्। लडेकी महिलालाई उठाउनलाई म निहुरिएको मात्र के थिएँ। उनी जुरुक्क उठेर फेरि दौडिएरै भागिहालिन्। हामी सबैजना उनी गएकोतिर फर्केर हेर्छौँ। उनी पछाडि पनि नफर्किकन दौडेको दौड्यै गरेर हूलमा मिसिइन्। महिला उमेरले चालीस कटेकी हुनुपर्छ। मिनिस्कर्ट लगाएकी गोरी अग्ली थिइन्। उनी लडेको ठाउँमा एउटा सलादको र अर्को कुनै खानेकुराको प्याकेट छोडेकी थिइन्। उनी नजिकैको पसलबाट चोरेर भागेकी रहिछिन्। पसलका सुरक्षाकर्मीले समाउन खोज्दा उनी अल्झेर लडेकी रहिछिन्। सुरक्षाकर्मीले चोर्ने महिलालाई पक्रन नसके पनि उनीहरूले भुइँका सामान लिएर गएका थिए।

कस्तो अचम्म ! यस्तो सम्पन्न सहरमा पनि दिउँसै चोरी। त्यो पनि महिलाले, त्यो पनि खानेकुराका लागि। गरीबीले चोर्न बाध्य भएकी होलिन् कि बानीले ? आफैसँंग प्रश्न गर्छु म।

आखिर नराम्रो मान्छे नहुने ठाउँ कहाँ पो होला र यो विश्वमा  १ राम्रो सहरमा राम्रा मान्छे मात्र कहाँ हुन्छन् र रु

“यो रात्रिबजार हो। यहाँ दिनभरि यस्तै शून्य हुन्छ। रात पर्दै गएपछि यहाँ मान्छेका भीड बढ्दै जान्छन्। रातभरि मेला नै लाग्छ। यो रेडलाइट एरिया हो।”

कस्तो अचम्म ! यस्तो सम्पन्न सहरमा पनि दिउँसै चोरी। त्यो पनि महिलाले, त्यो पनि खानेकुराका लागि। गरीबीले चोर्न बाध्य भएकी होलिन् कि बानीले ? आफैसँंग प्रश्न गर्छु म। 

गुरुङजीले जानकारी गराउनुभयो। यहाँका घरहरू अग्लाअग्ला छन्। तर हिँड्ने बाटो भने काठमाडौंँका गल्लीजस्तै तीन चार फुटका मात्र छन्।

यस क्षेत्रमा प्रवेश गर्नासाथ गाँजाको ह्वास्स गन्ध आएको थियो। यहाँ शरीर बेच्न र गाँजा बेच्न पाइने सुविधा रहेछ। अन्यत्र अवैध मानिएको काम गर्न यहाँको सरकारले स्वीकृति दिएको रहेछ। गाँजा पाउने पसल, रेस्टुरेन्टमा बार लेखिएको हुँदोरहेछ। खासै नआउने रहेछन् यतिखेर ग्राहकहरू। हामीजस्तै थोरै समयका लागि ठाउँ हेर्न मात्र आएकाहरू केही यात्रुहरूसँगै गल्लीभित्र प्रवेश गछाैँ। गल्लीका दायाँबायाँका घरका भुइँतलामा सिसाका सोकेस लगाइएका छन्। भित्रका सामान देखिने शोरुम जस्तै। कुनैकुनै घरका सिसाभित्र भने टुपिस लगाएकी युवतीहरू बिक्रीका लागि तयार छु भनेर सङ्केत गरिरहेका छन्। फेन्सी पसलहरूमा राखिएका डमीजस्ता। रात परेपछि यहाँका सबै सिसामा सजिने युवतीहरू खाली नै हुँदैनन् रे। त्यो पनि सर्वाङ्ग भएर। अनेक क्रियाका लागि सक्षम छु भनेर अङ्गहरू प्रदर्शन गरेर बस्छन् रे।

पसलमा बिक्रीका लागि सामान राखिएजस्तै आफू बिक्री हुनका लागि आफै प्रदर्शित भइरहेका युवतीहरूको व्यापार पनि मानव अधिकारभित्र नै पर्दो हो। महिला हकहितका लागि डलर खेती गर्ने एनजिओहरूले देख्छन् कि देख्दैनन् होला यहाँ प्रत्येक दिनका रातलाई रु एसियाको बैंककजस्तै रहेछ युरोपको यो सहर।

केही बेरमा नै हामी गल्लीबाट बाहिर निस्कन्छौँ। दुईवटी तरुनीलाई एउटै हतकडी लगाएर प्रहरीले ल्याउँदै गरेको देखिन्छ सडकमा। होइन यस्तो विकसित देशको यस्तो सहरमा पनि कति अपराध बढेको होला रु यौन र गाँजाको व्यापार खुल्ला भएको ठाउँमा के अपराध गरे होलान् यी तरुनीहरूले ?

पसलमा बिक्रीका लागि सामान राखिएजस्तै आफू बिक्री हुनका लागि आफै प्रदर्शित भइरहेका युवतीहरूको व्यापार पनि मानव अधिकारभित्र नै पर्दो हो। महिला हकहितका लागि डलर खेती गर्ने एनजिओहरूले देख्छन् कि देख्दैनन् होला यहाँ प्रत्येक दिनका रातलाई रु एसियाको बैंककजस्तै रहेछ युरोपको यो सहर।

यो ठाउँ नै यस्तै रहेछ। यसरी सबै कुरा खुल्ला भएको ठाउँमा असामाजिक र अनैतिक काम भइरहन्छन् नै। आखिर मानिस त हुन्, जुन देशका भए पनि, जुन धर्म र वर्णका भए पनि। स्वतन्त्रता बढी भएपछि अनियन्त्रित भइहाल्ने त मानवीय स्वभाव नै हो।

आज धेरै सुन्दर दृश्यहरु देखिए। केही नराम्रा दृश्यहरू पनि देखिए। धेरैबेरको हिँडाइ र थकाइले भोक पनि जगाइसकेको थियो। खाजा खुवाउनलाई नेपालीले चलाएको होटल अशोकामा लैजानुभयो गुरुङजीले। एकैछिनमा स्वस्तिकाजी पनि त्यहीँ आइपुग्नु भयो। सरुभक्त दाइको नाम सुनेर गद्गद् हुनुभएका होटल साहु थानेश्वरजीले हिसाबकिताब गर्नै मान्नुभएन खानाको। विदेशमा बसे पनि नेपालीहरू अझै स्वदेशीप्रति सम्मान गर्न कन्जुस्याइँ गर्दैनन् रहेछन् यहाँ। त्यसमाथि उहाँ दीपेन्द्रजीसँग बागलुङमा सँगै पढ्नुभएको पनि रहेछ।

साँझ परिसकेको थियो। मसिनो पानी परि नै रहेको थियो। कार चढ्नलाई पार्किङ गरेको ठाउँमा पुगेपछि अन्नाफ्राङ्क म्युजियम जाने रहर गर्नुभयो सरुभक्त दाइले। हुन पनि कार पार्क गरेको ठाउँबाट नजिकै रहेछ म्युजियम। दीपेन्द्रजी जान चाहनुभएन। कारमा नै बसिरहने भन्नुभयो। मसिनो पानी परिरहेको नै थियो। म्युजियम नजिकै भएकोले दौडेर जान्छौँ हामी। हतारले दौँड्ंदै जाँदा म्युजियम भनेर चर्चभित्र पो पसेछाैँ हामी।  निस्किएर फेरि सोध्दै जान्छौँ।

धन्य अन्नाफ्राङ्क म्युजियम पनि नजिकै रहेछ। म्युजियमबाहिर उनको मूर्ति राखिएको छ। त्यतिबेला पनि टिकट लिएर म्युजियमभित्र जानेहरूको लाइन निकै लामो थियो। पानी परिरहेकोले लाइनमा बसेकाहरू प्रायः सबैले छाता ओढिरहेका  थिए। लाइनमा बसेर भित्र जाँदा निकै ढिलो हुनसक्ने लाग्यो हामीलाई।

 

अन्नाफ्राङ्कको घरलाई नै म्युजियम बनाएको रहेछ। दोस्रो विश्वयुद्धमा नाजीहरूको आक्रमणमा एक लाखभन्दा बढी डचहरुले ज्यान गुमाउनुपरेको थियो। अन्नाफ्राङ्क यहुदी किशोरी हुन्। उनलाई नाजीहरूले पक्रेर चार वर्षसम्म क्याम्पमा थुनेर राखेका थिए। युद्ध सकिनुअघि नै उनको क्याम्पभित्रै मृत्यु भएको थियो। नाजीहरूले गरेको क्रुर र अमानवीय व्यवहारको पीडाको बारेमा उनले क्याम्पमा लेखिएको डायरी ‘द डायरी अफ अयङ गर्ल’ पछि छापियो। विश्व प्रसिद्ध यो डायरी सधैँजस्तो बेस्ट सेलर बुकमा पर्ने गरेको छ।

देश जत्ति नै विकसित भए पनि, जनता जति नै सम्पन्न भए पनि, यौन जति नै स्वतन्त्र भए पनि, लागूपदार्थको जति नै कारोबार भए पनि। यहाँ कलाप्रति गरिएको सम्मान र सङ्ग्रहालयप्रति देखाइएको जनताको प्रेम अत्यन्त प्रशंसनीय लाग्यो मलाई। जुन ठाउँमा इतिहास, कला र साहित्यको सम्मान हुन्छ त्यहाँ बस्नेहरूको मानसिकता बौद्धिक र उच्च हुन्छ भन्ने लाग्छ मलाई। अरू त प्रतिनिधि पात्र मात्र नै हुन्।
[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved