साउन २९ देखि प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल

नेपालभ्युज

साउन २९ देखि प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल

काठमाडौं । नखिपोट युथ क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ्ग कप बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।

ललितपुरको नखिपोटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबले  प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ वटा टोलीको सहभागिता रहने क्लवले जनाएको छ ।

दुवै तर्फको विजताले नगद ५० हजार पुरस्कारस्वरुफ प्राप्त गर्नेछन् भने उप-विजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार पुरस्कार पाउँनेछन् ।

प्रतियोगिताको फाइनल खेल भदौ ४  क्लबको कभर्डहलमा खेलाइने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved