नेपाल भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : उपसभामुख भुषाल

नेपालभ्युज

नेपाल भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : उपसभामुख भुषाल

काठमाडौं ।  उपसभामुख पुष्पा भुषालले नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । रक्षावन्धनको अवसरमा शुक्रबार पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मन्चद्वारा आयोजीत कार्यक्रममा उनले सामाजिक, सांस्कृतिक र कुटनीतिक रुपमा रहेको सम्बन्ध आर्थिक क्रियाकलाप र पूर्वाधार विकासमा विस्तार गर्नुपर्ने धारणा राखिन् ।

भारतका सांसद एवंम् भारतीय जनता पार्टीका नेता डा सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो र सुमधुर बनाउँदै लानुपर्ने धारणा राखे । मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले नेपाल र भारतबीचको ऐतिहासीक सम्वन्धबारे सो अवसरमा चर्चा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved