भदौ ५ बाट ५ देखि ११ वर्षका बालबालिकालाई खोप दिइँदै

नेपालभ्युज

भदौ ५ बाट ५ देखि ११ वर्षका बालबालिकालाई खोप दिइँदै

काठमाडौँ । सरकारले भदौ ५ बाट ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोपको पहिलो मात्रा  दिने भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा भदाै ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म संचालन गर्नेछ । दोस्रो चरणमा ५० जिल्लामा फाइजर खोप लगाइने बताइएको छ ।

पहिलो चरणको खोप असार ९ गतेबाट २७ जिल्लामा दिइएको थियो ।ती जिल्लामा असार ९ देखि १५ सम्म र दोस्रो मात्रा साउन २ गतेदेखि ८ सम्म लगाइएको थियो ।

पहिलो चरणमा काठमाडाैं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइएको थियो ।

कहाँ कहाँ लगाइनेछ खोप ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved