देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

नेपालभ्युज

देउवाले बोलाए कार्यसम्पादन समिति बैठक
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार सभापति देउवाले शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियानको बारेमा छलफल हुने बताइएको छ ।

साउन ३० र ३१ गते हुने जनप्रतिनिधिहरुको भेलाको विषयमा पनि बैठकमा  छलफल हुने महतले  बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved