युक्रेन आणविक संयन्त्रमाथि फेरि हमला, संयुक्त राष्ट्रसंघको चेतावनी

नेपालभ्युज

युक्रेन आणविक संयन्त्रमाथि फेरि हमला, संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्र वरपर तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गरेका छन् । दक्षिण–पूर्वी युक्रेनस्थित उक्त आणविक संयन्त्रमा बिहीबार पुनः आक्रमण भएपछि गुटेरसको यस्तो चेतावनी आएको हो ।

युक्रेनको इनर्गोयाटोम एजेन्सीका अनुसार जपोरिझ्झिया संयन्त्रमा बिहीबार पाँच पटकसम्म आक्रमण भएको थियो । केही प्रहार रेडियोधर्मी सामग्री भण्डारण क्षेत्रमा समेत भएको बताइएको छ । रुसले नियुक्त गरेका संयन्त्रका अधिकारीले भने युक्रेनले सिफ्ट परिवर्तनको समयमा आक्रमण गरेको बताएका छन् ।

रुसले आह्वान गरेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकअघि महासचिव गुटरेसले रेडियोधर्मी क्षेत्रमा क्षति पुगे त्यसले सो क्षेत्र र त्योभन्दा धेरै परसम्म ठूलो विपत निम्त्याउने चेतावनी दिए । ‘आणविक संयन्त्र कुनै पनि सैन्य गतिविधिको हिस्साको रूपमा प्रयोग गरिनु हुँदैन । आणविक दुर्घटना हुन नदिन सो क्षेत्रको निश्चित परिधिलाई सुरक्षित क्षेत्र घोषित गर्नुपर्छ,’ वक्तव्यमा गुटेरसले भनेका छन् ।

हालसम्मको विश्वको सबैभन्दा गम्भिर आणविक दुर्घटना मानिने चेर्नोविल आणविक दुर्घटना सन् १९८६ मा घटेको थियो । दुर्घटनास्थल तत्कालीन सोभियत संघको एक अंश युक्रेनमै थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved