रेड पाण्डाको छालासहित तीनजना पक्राउ

नेपालभ्युज

सुनसरी। धरान उपमहानगरपालिका–१५ श्यामचोकबाट एक थान रेड पाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका–६ का २२ वर्षीय रोजिस राईलगायत छन् । उनीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रेडपाण्डाको छाल फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved