सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

नेपालभ्युज

सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेट दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको थियो । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरे ।

सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए । उनले संयुक्त राष्ट्रसंघको बडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।

भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन् । साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको बताइन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved