अफगानिस्तानमा महिला शिक्षाको वकालत गर्ने धर्मगुरुको हत्या

उक्त व्यक्तिले कृत्रिम खुट्टामा बम लुकाएको थियो । हक्कानी बस्ने मदरसा पुगेर उसले आफैलाई बिष्फोट गराएको थियो । 

नेपालभ्युज

अफगानिस्तानमा महिला शिक्षाको वकालत गर्ने धर्मगुरुको हत्या

काठमाडौं । अफगानिस्तानमा महिला शिक्षाको वकालत गर्ने प्रख्यात धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको हत्या भएको छ । राजधानी काबुलमा भएको एक आत्मघाती हमलामा उनको मृत्यु भएको हो ।

तालिबान स्रोतले हमला एउटा मात्रै खुट्टा भएका व्यक्तिले गरेको बताएको छ । उक्त व्यक्तिले कृत्रिम खुट्टामा बम लुकाएको थियो । हक्कानी बस्ने मदरसा पुगेर उसले आफैलाई बिष्फोट गराएको थियो ।

आक्रमणको जिम्मा इस्लमिक स्टेट आइएसले लिएको छ । आइएसले उनीमाथि यसअघि पनि आक्रमण गरेको थियो । शेख़ हक्कानी अफ़ग़ानिस्तानमा तालिबान सरकारका समर्थक थिए । तर उनी आइएसका घोर विरोधी मानिन्थे ।

तालिबानले यसलाई इस्लामी शासनमाथि लागेको ठुलो झट्का भनेको छ । महिलालाई लेख पढको अधिकारको पक्षमा वकालत गर्दै आएका धर्मगुरु हक्कानीले अफगानिस्तानमा महिला शिक्षाका पक्षमा फतवा समेत जारी गरेका थिए ।

उनीमाथि यसअघि दुई पटकसम्म आक्रमण भएको थियो । त्यतिबेला पनि इस्लामिक स्टेटले जिम्मा लिएको थियो । पेशावरमा भएको आक्रमणमा ७ जनाको ज्यान गए पनि हक्कानी जोगिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved