ट्रिटनलाई क्रिकेट उपाधि

नेपालभ्युज

ट्रिटनलाई क्रिकेट उपाधि

काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।फाइनलमा मणिमुकुन्दलाई ट्रिटनले एक विकेटले पराजित गरी उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटायो । ट्रिटनका योगेन्द्र कार्की फाइनलको ‘म्यान अफ दी म्याच’ चुनिए ।

ट्रिटनका दिलिप नाथ ‘म्यान अफ दी सिरिज’ घोषित भए । गोल्डेन गेटका सन्देश कार्की उत्कृष्ट ब्याट्सम्यान, गोल्डेनगेटकै रुपेश सिंह उत्कृष्ट बलर भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved