करेन्ट लागेर प्राधिकरण कर्मचारीको मृत्यु

नेपालभ्युज

करेन्ट लागेर प्राधिकरण कर्मचारीको मृत्यु

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युतको लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर  उनको मृत्यु भएको हो ।

शुक्रबार बिहान बडीमालिका नगरपालिका–८ का भक्त रावल नेविप्रा राष्ट्रिय प्रशासरण केन्द्रअन्तर्गत बल्देस्थित ११ केभिए लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर रावल गम्भीर घाइते भएका थिए । घाइते रावलको उपचारका लागि तत्काल बयलपाटा अस्पताल लगिएको थियो।

तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि एम्बुलेन्समार्फत कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको मृतकका आफन्त रावलले बताए ।

रावल नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रमा कार्यरत कर्मचारी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved