मानव अंग प्रत्यारोपण केन्द्रलाई विशाल ग्रुपको हेमोडायलाइसिस मेसिन सहयोग

‘‘एउटा मेसिन हस्तान्तरण गरिसक्यौँ, अर्को पनि ल्याउनेछौँ,’’ अग्रवालले भने, ‘‘अहिलेको मेसिनको प्रभावकारिता हेरेर थप सहयोग गर्दै अगाडि बढ्ने सोच छ ।’’

नेपालभ्युज

मानव अंग प्रत्यारोपण केन्द्रलाई विशाल ग्रुपको हेमोडायलाइसिस मेसिन सहयोग

काठमाडौं। मिर्गौलाका बिरामीले समयमै डायलाइसिस गराउन पाऊन् भन्ने सोचसहित विशाल ग्रुपले भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई हेमोडायलाइसिस मेसिन सहयोगस्वरूप प्रदान गरेको छ ।

विशाल ग्रुपकै सामाजिक संस्था भिजी फाउन्डेसनका निर्देशक अर्पित अग्रवालले बिहीबार अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण गरेका हुन्।

अहिले डायलाइसिस गराउन चार सयभन्दा बढी बिरामी कुरेर बसेको अस्पतालले जनाएको छ । मिर्गौलाका गम्भीर बिरामीले डायलाइसिस गराउन पालो कुर्नुपर्ने बाध्यता कम गर्न हेमोडायलाइसिस मेसिन प्रदान गरेको विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोक अग्रवालले बताए।

बिरामीले डायलाइसिस गराउन पालो कुर्दै भन्ने समाचार विभिन्न मिडियामा आएपछि अग्रवालले डायलाइसिस मेसिन उपलब्ध गराउने अठोट गरेका थिए । डायलाइसिस गराउन पर्खिरहेका बिरामीले राम्रोसँग खान नपाएको देखेपछि उनले तत्कालै क्यान्टिनमा निःशुल्क खान खुवाउने व्यवस्था पनि गरे । अस्पतालका डाक्टरले कुपनमा हस्ताक्षर गरेर बिरामीलाई दिएपछि क्यान्टिनमा गएर निःशुल्क खान पाइन्छ ।

भिजी फाउन्डेसनले अस्पतालमा दुईवटा डायलाइसिस मेसिन प्रदान गर्ने योजना बनाएको छ । ‘‘एउटा मेसिन हस्तान्तरण गरिसक्यौँ, अर्को पनि ल्याउनेछौँ,’’ अग्रवालले भने, ‘‘अहिलेको मेसिनको प्रभावकारिता हेरेर थप सहयोग गर्दै अगाडि बढ्ने सोच छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved