नाडाले असोज ६ गतेदेखि विद्युतीय सवारीसाधनको मात्रै एक्सपो गर्ने

आगामी असोज ६ गतेदेखि नाडा अटोमोबाइल एसोसियसनले विद्युतीय सवारीसाधनको मात्रै एक्सपो गर्ने भएको छ।

नेपालभ्युज

नाडाले असोज ६ गतेदेखि विद्युतीय सवारीसाधनको मात्रै एक्सपो गर्ने

काठमाडौं। आगामी असोज ६ गतेदेखि नाडा अटोमोबाइल एसोसियसनले विद्युतीय सवारीसाधनको मात्रै एक्सपो गर्ने भएको छ।

बिहिबार बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौं बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गने निर्णय गरेको हो।

उक्त इभि एक्सपो २०७९ असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा हुने भएको नाडाले जनाएको छ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved