अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश

नेपालभ्युज

अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं। अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। अभिनेता शाहीलाई गृहमन्त्री बालकृष्ण खाणले मन्त्री निवास पुल्चोकमा एक कार्यक्रम गरि कांग्रेसमा प्रवेश गराएका हुन्।

उनलाई गृहमन्त्री खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिएका छन्। पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्वअध्यक्षहरू महेन्द्र यादव, उदय शमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए।

अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर यो पार्टीमा प्रवेश गरेको बताए। शाहीले एक दर्जन भन्दा धेरै चलचित्रमा अभिनय गरेका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved