भागेर सिङ्गापुर गएका श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षे थाइल्याण्ड पुगे

सिङ्गापुरको भिसाको अवधि सकिएपछि राजापाक्षे थाइल्याण्ड गएका भारतीय सञ्चारमाध्यम एनडीटीभीको हिन्दी संस्करणले जनाएको छ ।

नेपालभ्युज

भागेर सिङ्गापुर गएका श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षे थाइल्याण्ड पुगे
फाइल तश्वीर

बैंकक। देशमा आन्दोलन चर्किएपछि भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड गएका छन् । सिङ्गापुरको भिसाको अवधि सकिएपछि राजापाक्षे थाइल्याण्ड गएका भारतीय सञ्चारमाध्यम एनडीटीभीको हिन्दी संस्करणले जनाएको छ ।

पूर्व राष्ट्रपतिको यात्राको लागि श्रीलंका सरकारबाट अनुरोध प्राप्त भएको थाइल्याण्ड सरकारले जनाएको छ। थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चा ले आफ्नो सरकारले राजापाक्षेलाई अस्थायी रुपमा बसोबासको अनुमति दिएको बताएका छन् ।

मानवीय आधारमा राजापाक्षेलाई शरण दिइएको थाइल्याण्डले जनाएको छ । प्रदर्शनकारीले राजापाक्षेको निवास कब्जा गर्ने संकेत पाए लगत्तै उनी गएको जुलाई १३ मा मागेर माल्दिभ्स पुगेका थिए । त्यहाँबाट सिङ्गापुर पुगेर उनले राजीनामा दिए ।

राजापाक्षेको राजनीमापछि भएको चुनावमा रनिल विक्रमासिँघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । चरम आर्थिक संकटमा परेको श्रीलंकामा औषधि इन्धन खाद्यान्न लगायतका अत्यावश्यक वस्तको अभाव छ ।

गोटाबाया राजापाक्षेको पुरै परिवार सत्तामा रहेको र नातावादकै कारण देश अहिलेको अवस्थामा पुगेको प्रदर्शनकारीको आरोप छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved