दोस्रो टी-२० मा पनि आयरल्याण्डले अफगानिस्तानलाई हरायो

अफगानिस्तानले दिएको १ सय २३ रनको लक्ष्य आयरल्यान्डले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो ।

नेपालभ्युज

दोस्रो टी-२० मा पनि आयरल्याण्डले अफगानिस्तानलाई हरायो

काठमाडौं। दोस्रो टी-२० क्रिकेटमा पनि आयरल्याण्डले अफगानिस्तानलाई हराएको छ । गएराति बेलफास्टमा भएको खेलमा घरेलु टोली आयरल्यान्ड ५ विकेटले विजयी भएको हो ।

अफगानिस्तानले दिएको १ सय २३ रनको लक्ष्य आयरल्यान्डले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर भेट्टायो ।

आयरल्यान्डका लागि कप्तान एण्डी बालबिर्नीले सर्वाधिक ४६ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले २ तथा मुजिब उर रहमान, फाजलहक फारुकी र नभिन उल हकले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

अफगानिस्तानका लागि हशमातुल्लाह शहिदीले सर्वाधिक ३६ रन बनाए ।  बलिङतर्फ आयरल्यान्डका जोश लिटल, मार्क एदैर, करटिस् क्याफर र ग्रेथ डिलानेले २–२ विकेट लिए । ५ खेलको शृङ्खलामा आयरल्याण्डले २-० को अग्रता बनाएको छ ।  पहिलो खेलमा पनि आयरल्यान्ड ७ विकेटले विजयी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved