खशोग्गीका पूर्व वकील युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

नेपालभ्युज

खशोग्गीका पूर्व वकील युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

दुबई । साउदी पत्रकार जमाल खशोग्गीका पूर्व अमेरिकी वकिललाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गर्दै जरिवाना गरिएको छ । तर संयुक्त अरब इमिरेट्स (युएई) को एक अदालतले उनको जेल सजाय उल्ट्याएको छ ।

असिम गफूरलाई ‘अमेरिकास्थित कर छली अभियानसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अपराधमा’ दोषी ठहर गरिएको संयुक्त अरब इमिरेट्सको आधिकारिक समाचार एजेन्सी डब्लुएएमले बुधबार जनाएको छ ।

अबुधाबीको सम्पत्ति शुद्धीकरण तथा कर छलीमामिला नियमन गर्ने अदालतले गफूरको तीन वर्षको जेल सजाय खारेज गर्दै ५० लाख दिराम (१४ लाख अमेरिकी डलर) जरिवाना तिराएर देश निकाला गर्ने आदेश दिएको छ ।

गफूरलाई गत महिना दुबई विमानस्थलमा ट्रान्जिट गर्दै गर्दा पक्राउ गरेपछि जेल सजाय र ३० लाख दिराम जरिवाना गरिएको थियो ।

गफूरका पूर्व सेवाग्राही तथा सहयोगी खशोग्गीको सन् २०१८ मा इस्तानबुलमा साउदी एजेन्टले हत्या गरेका थिए ।

संयुक्त अरब इमिरेट्स (युएई) मा भ्रष्टाचारको कर छली र शंकास्पद रकम स्थानान्तरणमा संलग्नताबारे अनुसन्धान गरिरहेका अमेरिकी अधिकारीहरूले ‘सहयोगको अनुरोध’ गरेपछि संयुक्त अरब इमिरेट्स (युएई) मा यो मुद्दा दर्ता भएको डब्लुएएमले जनाएको छ ।

‘अभियुक्तहरूले आफ्नो स्रोत प्रमाणित नगरी विदेशमा पैसा पठाएर देशमा सम्पत्ति शुद्धिकरणसम्बन्धी अपराध गरेको पुष्टि भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अबुधाबीस्थित अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

जुलाईमा प्रारम्भिक सजाय सुनाएपछि अमेरिकी विदेश मन्त्रालयले गफूरलाई पक्राउ गर्न अनुरोध गर्न अस्वीकार गरेको थियो र यो मुद्दा खशोग्गीसँग उनको सम्बन्धसँग सम्बन्धित नदेखिएको बताएको थियो ।

बुधबारको सुनुवाइमा सहभागी भएका गफूरले निजी ल फर्म चलाउँछन् र खशोग्गीले स्थापना गरेको अधिकारवादी समूह ‘डेमोक्रेसी फर द अरब वल्र्ड’ नामका बोर्ड सदस्य हुन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved