एकीकृत (समाजवादी) का अध्यक्ष नेपाललाई कोरोना संक्रमण

कोरोनाको सामान्य लक्षण देखिएको र आफू घरमै आराम गरिरहेको नेता नेपालले बताएका छन् ।

नेपालभ्युज

एकीकृत (समाजवादी) का अध्यक्ष नेपाललाई कोरोना संक्रमण
फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि  भएको छ।

बिहीबार गरिएको परीक्षणमा   कोरोना संक्रमण पुष्टि भएको उनले  सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् ।

कोरोनाको सामान्य लक्षण देखिएको र आफू घरमै आराम गरिरहेको नेता नेपालले बताएका छन् ।

‘स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ’, उनले फेसबुकमा लेखेका छन् ।

उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved