मकवानपुरमा कोरोनाका कारण थप एकको मृत्यु

नेपालभ्युज

मकवानपुरमा कोरोनाका कारण थप एकको मृत्यु

काठमाडौं । मकवानपुरमा कोरोना सङ्क्रमणका कारण  थप एक व्यक्तिको बिहिबार मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरीको कार्यालय हेटौँडाका अनुसार मृत्यु हुनेमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–१ का ६० वर्षीय पुरुष रहेको बताइएको छ ।

उनको भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो ।

उनलाई गत साउन १६ गते हेटौँडा अस्पतालमा कोरोना परिक्षण गर्दा   संक्रमण पुष्टि भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved